बुधबार, वैशाख १२, २०८१
11:06 | १५:५१

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटनको घोषणा

निर्वाचन वैशाख १७ र २७ मा

नेपाली लिङ्क डिसेम्बर २०, २०२०

काठमाडौँ, ५ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी छन् ।

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचन मिति तोकिएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले आज जारी गरेको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्को प्रतिनिधिसभाको निर्वाचन मिति तोकेको जनाइएको छ ।

मन्त्रिपरिषद्को आइतबार बिहान भएको बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गरेकी हुन् । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू