शुक्रबार, चैत १६, २०८०
18:22 | ००:०७

इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्यापछि मध्यपूर्वमा संयम अपनाउन आग्रह

रासस-एएनआई नोभेम्बर २८, २०२०

न्यूयोर्क । संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयम अपनाउन आग्रह गरेको छ ।

इरानका एकजना आणविक वैज्ञानिकको हत्या भएपछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै राष्ट्रसंघले यस्तो आग्रह गरेको हो ।

संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले सबै पक्षलाई संयमित रहन आग्रह गरेका हुन् ।

महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले विहीबार प्रकाशन गरेका विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसीमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयम अपनाउनु जरुरी छ ।’

शुक्रबार इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको हत्या भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू