शुक्रबार, चैत १६, २०८०
01:22 | ०७:०७

अमेरिकामा कोभिडविरुद्ध फ्रन्टलाइनमा खटिएका युवा नेपाली डाक्टरको निधन

नेपाली लिङ्क नोभेम्बर २८, २०२०

न्यूयोर्क । अमेरिकाको न्युयोर्क रोचेष्टरस्थित  रोचेस्टर जनरल अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ 

न्युयोर्कमा रेजिडेन्ट गर्दै गरेका डाक्टर झाको निधनपछि परिवार शोकमा डुबेको छ ।

बिहान समेत विरामीको चेक गरेका उनको दिउंसो अचानक हृदयघातबाट निधन भएको हो । श्रीमती श्वेता ठाकुरले बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्। तर दुर्भाग्य उनले त्यो खाना खान पाएनन्।

काठमाडौंको सेन्ट जेभियर्सबाट प्लस टु गरेका उनी सन् २०१८ मा अमेरिकामा रेजिडेन्ट डाक्टरका रुपमा काम सुरु गरेका थिए । उनको केही वर्ष अगाडिमात्र नेपालमै जनकपुरकी श्वेता ठाकुरसँग विवाह भएको थियो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका उनले केही समय काठमाडौंको अलका अस्पतालमा समेत काम गरेका थिए । उनको रेजिडेन्ट कोर्स भने आगामी जुलाई २०२१ मा सकिन लागेको थियो ।

श्रीमती श्वेताका साथ रोशन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू