मंगलबार, चैत ६, २०८०
08:38 | १४:२३

अर्जेन्टिनी फुटबल स्टार म्याराडोनाको हृदयघातबाट निधन

नेपाली लिङ्क नोभेम्बर २५, २०२०

लण्डन । विश्व फुटबलकै एक लेजेण्डरी खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ ।  

६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘कार्डियक एरेस्ट’ बाट निधन भएको बेलायती अखबार डेली मेलले जनाएको छ ।

नोभेम्बर शुरुतिर दिमागमा रगत जमेर बिरामी परेका उनलाई अपरेसन गरेर अस्पतालबाट घर फर्किएको २ सातापछि ह्दयाघात भएको बताइएको छ ।  

पछिल्लो समय उनलाई अल्कोहलको लत छुटाउन उपचार नै आवश्यक परेको डाक्टरहरुले बताएका थिए ।  

विश्व फुटबल इतिहासकै सर्वाधिक सफल र लोकप्रियमध्येका एक म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनले अर्जेन्टिनाबाट ४ पटक विश्वकप खेलेका थिए ।  

क्लब करियरमा म्याराडोनाले लामो समय बार्सिलोना र नेपोलीका लागि खेलेका थिए ।  

सन् १९९७ मा खेल जीवनबाट सन्यास लिएपछि पनि उनी प्रशिक्षकको रुपमा सक्रिय रहंदै आएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू