बिहीबार, चैत १५, २०८०
16:07 | २१:५२

बीबीसी ‘मास्टर सेफ’को दोस्रो चरण पुगे नेपाली सेफ सन्तोष

नेपाली लिङ्क नोभेम्बर १९, २०२०


लन्डन । बीबीसीमा प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ’ प्रतियोगितामा सहभागी नेपाली सेफ सन्तोष साह दोस्रो चरण प्रवेश गरेका छन् । बुधबार बेलुका बीबीसीमा प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को पहिलो चरणको प्रतिस्पर्धा जितेर उनी अर्को चरण पुगेका हुन् ।

अब सेफ सन्तोषले क्वार्टर फाइनल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो राउन्डमा उनले पोलेको माछा, आलुको अचार, करेलाको चट्नी लगायतका परिकार तयार गरेका थिए । यो राउन्डमा सहभागी तीनजना प्रतियोगीलाई पछि पार्दै उनी अर्को चरण उक्लिएका छन् ।

बीबीसीबाट प्रसारण हुने अन्तरराष्ट्रिय स्तरमै प्रतिष्ठित यस मास्टर सेफ प्रतियोगितामा नेपाली खानासहित सहभागी हुने सम्भवत: सन्तोष नै पहिलो नेपाली सेफ हुन् ।

लन्डनका ‘मिसेलिन् स्टार’ सेलिब्रिटी सेफहरुद्वारा संचालित रेष्टुरेन्ट तथा होटेलहरुमा काम गरिसकेका उनी अहिले नेपाली खाना विश्वमाझ चिनाउने अभियानमा जुटेको बताउंछन् । नेपाली खानाबाट ‘मिसेलिन् स्टार’ जित्ने पहिलो नेपाली सेफ बन्ने उनको लक्ष्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू