बिहीबार, वैशाख १३, २०८१
11:21 | १६:०६

अमेरिकामा महामारी अझै भयावह हुन सक्ने विज्ञहरूको चेतावनी

दुई लाख ३७ हजार ४०० भन्दा बढीको मृत्यु

रासस/सिन्ह्वा नोभेम्बर ९, २०२०


वासिङ्टन । चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।

अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न विज्ञहरूले चेतावनी दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् ।

अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमघटका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले आफ्नो आइतबारको समाचारमा लेखेको छ ।

“एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक तयारी भएको पाइदैन,” जर्जीयास्थित इमोरी स्कूल अफ मेडिसिन तथा ग्राण्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भने ।

उनले अमेरिकामा दैनिक दुई लाख कोभिड–१९ सङ्क्रमित हुने अनुमान गर्दै यदि यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य नहुने बताए ।

‘हामी अहिले महामारीको निकै खराब अवस्थाबाट गुज्रिरहेका छौँ’, ब्रोन युनिभर्सिटीका आपतकालिन सेवा प्रवाहमा खटिरहेका चिकित्सक मेगन रयानीले भने । उनले अमेरिकाको महामारीको अवस्था आगामी दुई महिनामा देख्न सकिने बताए ।

अमेरिकामा अहिलेसम्म ९९ लाख ४४ हजारभन्दा बढी पुगेको र दुई लाख ३७ हजार ४०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू