शनिबार, साउन १२, २०८१
06:31 | ११:१६

एनआरएनए यूके अध्यक्ष पुनमलाई कोरोना संक्रमण

स्वास्थ्य अवस्था सामान्य

नेपाली लिङ्क अक्टोबर २८, २०२०

लन्डन । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङलाई कोरोना संक्रमण भएको छ । केही दिनअघि गराएको कोरोना परीक्षणमा आफ्नो रिपोर्ट पोजिटिभ आएको जानकारी उनले बुधबार सामाजिक सन्जालमार्फत गराएकी छन् ।

कोरोना संक्रमण भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको तथा कुनै पनि जटिलता नरहेको उनले बताएकी छन् ।  

साथै, अहिले सबै सतर्कता र सावधानी अपनाएर घरमै ‘आइसोलेसन’ मा बसेको उनले जनाएकी छन् ।  

हालैका दिनमा आफ्नो प्रत्यक्ष सम्पर्कमा आउने सबैलाई आवश्यक सतर्कता अपनाउन र कुनै लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन समेत अध्यक्ष गुरुङले आग्रह गरेकी छन् ।  

एनआरएनए कार्यसमिति बैठक स्थगित

यसैबीच, बुधबार साँझलाई तय एनआरएनए यूके कार्यसमिति बैठक स्थगित भएको छ ।

कोरोना संक्रमणपछि अध्यक्ष पुनम गुरुङले आराम गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महासचिव फडिन्द्र भट्टराईले बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू