बिहीबार, वैशाख १३, २०८१
23:37 | ०४:२२

बेलायतमा लक गरिएका मोबाइल फोन बिक्रीमा प्रतिवन्ध

नेपाली लिङ्क अक्टोबर २७, २०२०

लन्डन । बेलायतमा सञ्चालित मोबाइल नेटवर्क कम्पनीहरुले सन् २०२१ डिसेम्बरबाट आफ्नो कम्पनीद्वारा लक गरिएका मोबाइल ह्यान्डसेटहरु विक्री वितरण गर्न नपाउने भएका छन् ।

मोबाइल नेटवर्क रेगुलेटर कम्पनी ‘अफकम’ ले भनेको छ, ‘लक गरिएका फोन अनलक गर्दा जटिल हुने भएर ग्राहकले अन्य नेटवर्कमा स्थानान्तरण गर्न असहज भइरहेको छ  ।’

फोन लक भएकै कारण ग्राहकहरु आफ्नो कन्ट्रयाक्ट पूरा भएपछि पनि सोहि नेटवर्कमा रहन बाध्य हुने ‘अफकम’ ले बताएको छ । लक गरिएका फोनबाट चोरी र ठगीमा नियन्त्रण हुने भनि यसअघि फोन लक गर्न कम्पनीले आदेश दिएको थियो ।

तर बेलायतका केहि नेटवर्क कम्पनीले यसअघि नै लक गरिएका मोबाइल फोन बिक्री वितरण गर्न छाडिसकेको छ । ओटू, स्काई, थ्री र भर्जिन मोबाइल कम्पनीले हाल अनलक गरिएका फोन बिक्री वितरण गर्दै आएका छन् ।

तर बिटी तथा यसको इइ शाखा, भोडाफोन तथा टेस्को मोबाइलले भने अझै पनि आफ्नो कम्पनीद्वारा लक गरिएका फोनहरु बिक्री वितरण गर्दै आएका छन् ।

अनलक फोनको बिक्रीले ग्राहकहरुको समय तथा पैसा समेत वचत हुने ‘अफकम’ कनेक्टिभिटी निर्देशक सेलिना चाधाको ठहर छ । फोन अनलक गर्न कम्तिमा पनि १० पाउण्ड खर्च लाग्नुका साथै समय पनि लाग्ने भएकाले यो प्रक्रिया निकै झन्झटिलो हुने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू