शनिबार, वैशाख ८, २०८१
11:13 | १५:५८

एक दिनमै बेलायतमा झण्डै २० हजार संक्रमित थपिए

थप १ सय ५१ संक्रमितको मृत्यु

नेपाली लिङ्क अक्टोबर २५, २०२०

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १९ हजार ७९० जना नयाँ कोरोना संक्रमित थपिएका  छन् ।

योसँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७३  हजार ८ सय पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप १ सय ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको जम्मा संख्या ४४ हजार ८ सय ९६ पुगेको छ ।

पछिल्लो समय देशमा कोरोना संक्रमितका साथै अस्पतालल भर्ना हुनेको संख्या पनि दैनिक बढ्दै गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

गएको २४ घन्टामा एक हजार १ सय ४२ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल बेलायतका अस्पतालमा उपचार गराइरहेकाको कुल संख्या ७ हजार ८ सय ५० छ । जसमध्ये गम्भीर अवस्थामा रहेका ७ सय ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू