शनिबार, वैशाख ८, २०८१
05:19 | १०:०४

ग्रीनफोर्डस्थित केटीएम स्टोर्सले शुरु गरयो अनलाइन सेवा

नेपाली लिङ्क अक्टोबर २३, २०२०

लन्डन । बेलायतमा व्यापार व्यवसाय गरिरहेका नेपालीहरु पछिल्लो समय अनलाइन सेवालाई प्राथमिकता दिन थालेका छन् । कोरोना संक्रमणका कारण अनलाइन व्यवसाय थप प्रभावकारी बन्दै गएको हो । लन्डनको ग्रीनफोर्डमा व्यवसाय गर्दै आएको काठमान्डौ कर्नरले आफ्नो सेवा विस्तार गर्दै केटीएम स्टोर्स डटकममार्फत अनलाइन सेवा शुरु गरेको छ ।

नेपालीका विभिन्न चाडपर्व नजिकिंदै गर्दा आफ्नो व्यवसाय थप क्रियाशिल बनाउन र ग्राहकको सुविधाका लागि अनलाइन सेवा सञ्चालन गरिएको सञ्चालकले  नेपाली लिंकलाई बताए । आफूलाई आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा घरमै बसेर  www.ktmstores.com  बाट सजिलै किन्न सकिने उनीहरु  बताउंछन् ।

हाल विभिन्न नेपाली उत्पादनहरु, ताजा मासु लगायत अन्तरराष्ट्रिय स्तरका विभिन्न सामाग्री अनलाइनमार्फत किन्न तथा पसलमै गैर पनि संकलन गर्न सकिनेछ ।

साथै ट्राभल तथा टिकेटिंग लगायत विभिन्न ठाउँमा होलिडे प्याकेजका लागि केटीएम ट्राभल्स एण्ड टुर्समार्फत थप सुविधा प्रदान गर्दै आएको छ  । काठमान्डौ कर्नरमा डिएचएल, यूपीएस जस्ता कम्पनीमार्फत विश्वभर कार्गो तथा कुरियरका साथै मनी ट्रान्सफरको समेत सेवा उपलब्ध छ ।

काठमाण्डौ कर्नर विगत ७ वर्षदेखि लन्डनमा सञ्चालित छ । कम्पनीले व्यापार व्यवसायका साथ सामाजिक उत्तरदायित्वलाई पनि निर्वाह गरेको सञ्चालकले बताए  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू