शुक्रबार, वैशाख ७, २०८१
09:39 | १४:२४

लन्डनको लेस्टर स्क्वायरमा शाहरुख र काजोलको प्रतिमा राखिने

बेलायतमा बलिवुडकै पहिलो प्रतिमा

नेपाली लिङ्क अक्टोबर २२, २०२०


लन्डन  । लन्डनको  लेस्टर स्क्वायरमा बलिवुड अभिनेता शाहरुख खान र अभिनेत्री  काजोलको प्रतिमा राखिने भएको छ ।

थुप्रै किर्तिमान राख्न सफल हिन्दी चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ वर्ष पूरा भएको  अवसर पारेर उनीहरुको प्रतिमा  राख्न लागिएको हो  । यो बेलायतमै पहिलो बलिवुड प्रतिमा बन्नेछ ।

चलचित्रसंग सम्बन्धित दृश्यलाई आधार मानेर आगामी वर्ष सन् २०२१ मा उनीहरुको प्रतिमा  राखिनेछ  । ‘सिन अफ द स्क्वायर’ उनीहरुको मुर्ति थपिनेछ जहाँ  ह्यारी पोर्टर, लरेल एण्ड हार्डी, जीन केली लगायतकाको प्रतिमा  राखिएको छ 

सन् १९९५ मा रिलिज भएको चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’को निर्देशन आदित्य चोप्राले गरेका थिए भने फिल्मको निर्माता यश चोप्रा हुन् । फिल्म रिलिज भएको २३ वर्षपछि सन् २०१८ मा  यो चलचित्र १२ सय हप्ता भन्दा बढी हलमा चलेको थियो 

चलचित्रले १० वटा फिल्मफेयर अवार्ड समेत हात पारेको छ जुन त्यसबेलाको सर्वाधिक  हो  । फिल्ममा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । शाहरुख र कोजोलको अलावा फिल्ममा अनुपम खेर, आम्रिश पुरी, फरिदा जलला, सतिस शाह, मन्दिरा बेदी, परमिट सेठी र अचला सचदेवको मुख्य भुमिका रहेको थियो ।

शाहरुख र काजोलको जोडी बाजीगर, करण अर्जुन, कुछ कुछ होता है, कभी खुशी कभी गम र माई नेम इज खान जस्ता फिल्महरूमा सँगै देखिएका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू