बिहीबार, वैशाख १३, २०८१
08:25 | १३:१०

अल्डरसटमा हराएकी महिला भेटिइन्

'प्रहरीलाई फोन नगरि कोभिडका बेला घरमा लानु राम्रो थिएन्'

नेपाली लिङ्क अक्टोबर १७, २०२०

लन्डन । अल्डरसटमा हराएकी एक नेपाली महिला भेटिएकी छन् । खाना खान आफन्तकहां गएकी ६५ वर्षीया देवी लिम्बु घर नफर्किएपछि हयाम्पसायर प्रहरीले खोजी गरेको थियो ।

प्रहरी श्रोतका अनुसार शनिबार बिहान उनी फेला परेकी छन् ।

‘खाना खाएर फर्किने बेला बाटो अलमल भएछ । आफ्नो ठेगाना समेत बताउन नसक्ने ति महिलालाई एक नेपालीले भेट्टाएर आफ्नै घर लगेका रहेछन्’, एक अधिकृतले भने, ‘शुरुमा प्रहरीलाई खबर गर्नुपर्ने थियो । प्रहरीलाई फोन नगरि कोभिडका बेला घरमा लानु राम्रो थिएन् । जेहोस् महिला फेला परेकामा खुशी छौं ।’

अल्डरसटको क्वीन्स रोडमा अन्तिम पटक हिंड्दै गरेको देखिएकी उनी एकाएक घर नफर्किएपछि प्रहरीले खोजी शुरु गरेको थियो ।

बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खा र तिनका परिवारको वाहुल्य छ । अंग्रेजी राम्रो बोल्न र पढ्न नसक्ने वृद्धवृद्धा बेला बेला यस्ता घट्ना समस्या झेल्न वाध्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू