शुक्रबार, वैशाख १४, २०८१
17:29 | २२:१४

कर्मचारीमा संक्रमणपछि वैदेशिक रोजगार कार्यालयको सेवा बन्द

रासस सेप्टेम्बर ३०, २०२०

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

मंगलबारदेखि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको एक सूचना जारी गर्दै कार्यालयले जनाएको छ । 

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको थियो ।

कार्यालयले यही असोज १ देखि १३ गतेसम्म दुई हजार ९२७ पुरुष र १८९ महिला गरी तीन हजार ११६ जनालाई श्रम स्वीकृति प्रदान गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू