शुक्रबार, चैत १६, २०८०
08:57 | १४:४२

गोर्खाली समाज यूकेको साढे ४ लाख सहयोग हस्तान्तरण

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२०

लन्डन ।  आर्थिक विपन्नताका कारण उपचारमा कठिनाई भएकी एक महिलाको लागि बेलायतबाट पठाइएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।  

गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर २ थाल्जुङ, ओखरेनी सिम्लेकी जीतकुमारी गुरुङको उपचारका लागि गोर्खाली समाज यूकेले संकलन गरेको करिब साढे ४ लाख रुपिया नेपालमा हस्तान्तरण गरिएको हो ।

समाजको प्रतिनिधित्व गर्दै गोर्खा सेवा समाज काठमाडौंका अध्यक्ष महेश गुरुङले सहयोग रकम जीतकुमारीलाई हस्तान्तरण गरेका थिए । 

हाल उपचारका लागि काठमाडौंमा रहेकी उनलाई मंगलबार  सहयोग रकम प्रदान गरिएको हो ।

यसअघि गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङको संयोजनमा बेलायतमा गरिएको आर्थिक संकलन अभियानमा जीतमायाका लागि करिब साढे ४ लाख रुपिया जम्मा भएको छ ।

नशासम्बन्धी रोगबाट पीडित जीतमायाको उपचारमा सघाउन याचना गर्दै गोर्खाली समाज यूकेमा निवेदन आएपछि उपाध्यक्ष गुरुङलाई सहयोग अभियानको संयोजन गर्ने जिम्मा लगाइएको थियो ।  

लामो समयदेखि उपचारका क्रममा आफूसँग भएको धन सम्पत्ति समेत सकिन लागेपछि जीतमायाको थप उपचारमा कठिनाई भएको थियो ।   

सहयोग अभियानका संयोजक एवम् गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङले जीतकुमारीको उपचारका लागि आर्थिक सहयोग गर्ने बेलायतबासी सम्पूर्ण  सहयोगदाता एवम् आफूलाई यो अभियानको संयोजनको जिम्मेवारी दिने समाजप्रति आभार प्रकट गरेका छन् ।  

आफूहरुले बेलायतबाट संकलन गरी पठाएको सहयोगले जीतमायाको आवश्यक उपचार हुने र उनको जीवन रक्षा हुने आशा संयोजक गुरुङले व्यक्त गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू