बिहीबार, वैशाख ६, २०८१
02:27 | ०७:१२

लन्डनमा प्रहरी स्टेसनभित्रै प्रहरी अफिसरको गोली हानी हत्या

पक्राउ गरी ल्याएका व्यक्तिबाट गोली प्रहार

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२०

लन्डन । गएराती लन्डनको एक प्रहरी स्टेसनभित्रै एक जना प्रहरी अफिसरको गोली हानी हत्या गरिएको छ ।

प्रहरीले पक्राउ गरी ल्याएका एक व्यक्तिले आफूसँग भएको हतियारले प्रहरी अफिसरमाथि गोली प्रहार गरेका थिए ।

क्रोइडन प्रहरी स्टेसनमा राति करिब सवा दुई बजे घटना भएको हो । गोली प्रहारबाट सख्त घाइते ती अफिसरलाई प्रहरी स्टेसनमै प्यारामेडिक्सले उपचारको कोशिश गरेका थिए । लगत्तै अस्पताल पुर्याइएका उनी त्यहाँ मृत घोषित भएका थिए ।

प्रहरी अफिसरमाथि आक्रमण गर्ने पनि गोली लागेर घाइते भएको तथा अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्यत: प्रहरीले पक्राउ गरेको व्यक्तिलाई प्रहरी स्टेसन पुर्‍याउनुअघि खानतलासी गरिने भएपनि कसरी ती व्यक्ति आफ्नो हतियारसहित स्टेसनभित्र पुगे भन्ने स्पष्ट हुन बांकी छ ।

आक्रमणकारी व्यक्ति कुन मुद्धामा पक्राउ परेका थिए भन्ने पनि खुलेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू