शुक्रबार, वैशाख १४, २०८१
10:47 | १५:३२

क्षेत्री समाज यूकेको सिंगो कार्यसमिति निर्विरोध, अध्यक्षमा यज्ञ

आउंदो आइतबार भर्चुअल माध्यमबाट सातौं अधिवेशन

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२०

लण्डन । क्षेत्री समाज यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको छ । संस्थाका वर्तमान कार्यसमितिका उपाध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्विरोध बनेको हो । उम्मेद्वारी दर्ताका लागि तोकिएको शनिबार दिउंसोसम्मको समयमा अध्यक्षसहितका सबै पदमा एकल उम्मेद्ववारी परेको निर्वाचन समितिले जनाएको छ ।

आउंदो आइतबार भर्चुअल माध्यमबाट हुने सातौं अधिवेशनले संस्थाको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । यो कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

समाजको नयाँ कार्यसमितिका लागि २ उपाध्यक्षमा प्रकाश राउत र महेन्द्र केसी, महिला उपाध्यक्षमा श्रद्धा थापा र महासचिवमा दीर्घ केसी निर्विरोध भएका छन् ।

त्यसैगरी, सचिवमा टोप बहादुर (रुपेश)  राउत, कोषाध्यक्षमा मनिष खड्का र सहकोषाध्यक्षमा अन्जना थापाको एकल उम्मेद्वारी परेको छ । संस्थाको मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, सामाजिक सेक्रेटरीमा दिल जिसी र महिला संयोजकमा माया केसी निर्विरोध भएका छन् ।

कार्यसमिति सदस्यहरुमा डा. मिन रानाभाट, बन्दना केसी, गंगा बहादुर केसी, मिलन केसी, राजु बोहोरा र यम भण्डारीको उम्मेद्वारी पनि निर्विरोध बनेको छ ।

सन् २००७ मा स्थापित क्षेत्री समाज यूके बेलायतस्थित नेपाली समुदायमा ठूलो र सक्रिय संस्था मानिन्छ । समाजले विभिन्न समयमा च्यारिटीमुलक कार्य समेत गर्दै आएको छ । संस्थामा हाल राजन क्षेत्री अध्यक्ष छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू