शुक्रबार, चैत १६, २०८०
21:50 | ०३:३५

कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु

रासस सेप्टेम्बर २०, २०२०

काठमाडौं ।  नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो   

यसैबीच,  नेपाली सेनामा हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएको संख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको छ भने एक हजार ६५४ सक्रिय संक्रमित रहेको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू