मंगलबार, असोज २२, २०८१
15:32
|
२०:१७
अमेरिकी निर्वाचन अभियानमा ह्याकरले गरे आक्रमण
रासस-एएनआई
सेप्टेम्बर ११, २०२०
वासिङ्टन-२६ भदौ– अमेरिकामा हुन लागेको राष्ट्रपतिय निर्वाचनको प्रसारप्रसार अभियानलाई ह्याकरहरुले लक्षित गरिरहेको पाइएको छ । प्रभावशाली सूचना प्रविधि कम्पनीका रुपमा रहेको माइक्रोसफ्टले त्यस्ता विवरणहरु आफुहरुले धेरै प्राप्त गरेको जानकारी दिएको छ ।
निर्वाचन लक्षित गतिधिविधिहरुमा भइरहेका साइबर आक्रमण विषेश गरेर रुस, चीन र इरानबाट भइरहेको पनि कम्पनीले बिहीबार स्पष्ट पारेको छ । त्यस्ता कार्यबाट उनीहरुले कतिपय व्यक्तिगत र कतिपय संस्थागत सूचनाहरु लिने गरेको माइक्रोसफ्टका अधिकारीहरुले जनाएका छन् ।
आक्रमणकारीहरुले राष्ट्रपतिका दुवै उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी डेमोक्रयाटिक तर्फका उम्मेदवार जोन बिडेन दुवैको प्रचार प्रसार कार्यलाई लक्षित गरिरहेको पाइएको छ ।
अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ । यसअघिको निर्वाचनमा पनि यस्तै प्रकारका आक्रमण र गतल प्रयास भएको आरोप लागेको थियो ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्याटिक तर्फकी उम्मेदबार हिलारी क्लिन्टनको पक्षमा भएको प्रचारप्रसार र रणनीति सम्वन्धी विवरणहरु अनधिकृत रूपमा रुसी ह्याकरहरूले चोरेको चर्चा भएको थियो । अहिलेको ह्याकिङ कार्यमा पनि उनीहरु संलग्न रहेको पाइएको माइक्रोसफ्टले जनाएको छ ।
रुसका ह्याकरहरूले अमेरिकी दुवै राजनीतिक पार्टी रिपब्लिकन र डेमोक्रयाटिकहरुसँग सम्वन्धीत दुईसय भन्दा बढी संगठनहरुलाई लक्षित गरेको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५