बिहीबार, वैशाख १३, २०८१
19:00 | २३:४५

‘टिकटक स्टार’ र ‘चर्चित कलाकार’ को साथमा सुशीलको दमदार प्रस्तुति


काठमाडौं । धादिङ जन्मथलो भई इन्जिनियर बन्ने सपना बोकेर राजधानी छिरेका सुशील आफ्नो ‘ड्रिम’ संगै अरु क्षेत्रमा पनि व्यस्त रहे । कहिले मोडलिङ त कहिले कलाकारिताको रुचीबीच सुशील केही समयमै ‘नेपाल जिन्दावाद’, ‘यात्रा’ र ‘काठमाण्डौं शहर’ जस्ता म्यूजिक भिडियोहरुबाट दर्शकमाझ चिनिन थाले ।

’मायाले खनेको तलाउको पानी पनि अमृतझैँ पवित्र बनाउनु छ भने मायाको सागरमा पनि एकपटक हाम्फालिसकेको हुनुपर्छ’ भनेझैँ उनले पनि दर्शकले दिएको त्यो माया र हौसलाले गर्दा नै आज आफूलाई निकै निखारी राम्रो अभिनय र मोडलिङको साथमा सरोज साजन श्रेष्ठजीको आफ्नै लय, शब्द, स्वर रहेको ‘माया नयनी ताल’ गीतबाट ट्रेन्डिङमा आउन सफल भइछाडे । उक्त गीतको भिडियोमा टिकटक स्टार सुधीर श्रेष्ठ र अर्की स्टार रियाशा दाहाल पनि छन् ।

कोरोना कहरबीच दर्शक श्रोताका लागि उत्कृष्ट उपहार दिन जोखिम त्यागेर उच्च सतर्कता अपनाई काठमाण्डौं र ललितपुर जिल्लाको गोदावरी आसपासमा छायाङ्कन गरिएको उक्त भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन अनि विकास दाहालको सम्पादन छ ।

नायक प्रेम रेग्मीको लगानीमा निर्मित सो भिडियो अन्तर्राष्ट्रिय मुभि मेकर्स कम्पनी नेप्सिनेद्वारा रिलिज हुन सम्भव भएको छ । भिडियोमा अहिलेका चर्चित व्यक्तित्व विधान कार्की स्वयं आफैंले निर्देशनको भूमिका निर्वाह गरेका छन् ।

हेरौं भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू