शुक्रबार, वैशाख ७, २०८१
17:18 | २२:०३

बेलायतमा कोरोना संक्रमण चार महिना यताकै सबैभन्दा बढी

पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जना संक्रमित

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमण गएको चार महिना यताकै सबैभन्दा उच्च कायम भएको छ । पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

यो संख्या गत मे अन्तिम साता यताकै सबैभन्दा बढी हो । गत मे २९ मा कुल १ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बिहीबार १ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गैरहेको छ । यसैगरी गएको २४ घन्टामा कोरोना संक्रमणका कारण १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ९ जना इंग्ल्याण्ड र एकजना नर्दर्न आयरल्याण्डका छन् ।

बेलायतमा हिजो १३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हालसम्म बेलायतमा ४१ हजार ५ सय ३७ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ । यहाँ कुल संक्रमित संख्या ३ लाख ४२ हजार ३ सय ५१ पुगेको छ ।

कोरोनाका कारण मृत्यु हुने मुलुकमध्ये बेलायत अमेरिका, ब्राजिल, भारत, मेक्सिको पछि पाँचौं स्थानमा छ । हालसम्म विश्वभर कोरोना संक्रमणका कारण झन्डै ८ लाख ७५ हजारले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू