शनिबार, वैशाख १५, २०८१
05:37 | १०:२२

बेलायतबाट लिदी पहिरो पीडितलाई दुई लाख रुपैयां

आपतविपतमा निरन्तर सहयोग गर्ने 'हाम्रो गुठी यूके' को उद्देश्य

लन्डन । बेलायतमा क्रियाशिल केही अभियन्ताहरुद्वारा स्थापित ‘हाम्रो गुठी यूके’ ले नेपाल सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । २५ सदस्यीय उक्त संस्थाले प्रत्येक सदस्यबाट जनही ४० पाउण्डका दरले संकलन गरेको एक हजार पाउण्ड र ‘हाम्रो गुठी’ का तर्फबाट ५ सय पाउण्ड गरि जम्मा एक हजार ५ सय पाउण्ड  संकलन गरि पठाइएको हो ।

संकलित रकम नेपालको लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ मार्फत पीडित समक्ष पुरयाउन सञ्चालक कृष्ण कंडेललाई हस्तान्तरण गरिएको छ ।  संकलित २ लाख ३० हजार रुपैयाँ मध्ये ३० हजार रुपैयाँ इन्द्रेणी कार्यक्रम व्यवस्थापनलाई सहयोग स्वरूप प्रदान गरिएको छ भने बाँकी दुई लाख रुपैयाँ पहिरो पीडितलाई प्रदान गरिएको गुठी संयोजक सुमन कुँवरले जनाए ।

गत ३० साउनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीमा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने दुई जना अझै बेपत्ता छन् । पहिरोेले ३७ घर पुरिएका थिए । विस्थापित १ सय १२ घरपरिवारलाई अहिले जुगल गाउँपालिकास्थित सेलाङ बासखर्कमा स्थान्तान्तरण गरिएको छ ।

आपतविपतमा नेपाल र नेपालीलाई सहयोग गर्ने उद्देश्यले सन् २०१९ मा स्थापित ‘हाम्रो गुठी’ ले नयाँ पुस्तालाई नेपाली भाषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न प्रोत्साहित गर्ने लक्ष्य पनि लिएको संयोजक सुमन कुँवरले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू