सोमबार, कार्तिक २६, २०८१
07:53
|
१३:३८
विश्वमा एक करोड ८२ लाख भन्दा बढी कोरोना सङ्क्रमण मुक्त
रासस-एएफपी
सेप्टेम्बर २, २०२०
जेनेभा, स्वीट्जरल्याण्ड-१७ भदौ-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार साँझसम्म दिएको जानकारीअनुसार विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८२ लाख १७ हजार ९४ व्यक्ति कोरोना मुक्त भएका छन् ।
यद्यपी विश्वमा दुई करोड ५९ लाख ३५ हजार ५११ जना कोरोना भाइरस सङ्क्रमित भएका डब्लुएचओले जनाएको छ । सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ६१ हजार ९०० जनाको मृत्यु भएको छ ।
हाल विश्वमा ६८ लाख ५६ हजार ५१७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५३३ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् । अमेरिकामा ६२ लाख ५८ हजार २८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३४ लाख ५७ हजार ४३१ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ८८ हजार ९०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ३९ लाख ५२ हजार ७९० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख ५९ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ ।
भारतमा ३७ लाख ७३ हजार ४८३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २९ लाख २ हजार ९६ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ४९१ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ५ हजार जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २१ हजार १६९ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ४१४ जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ५७ हजार १२९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ५९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ६८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ४९ हजार ९९३ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार २६३ जनाको मृत्यु भएको छ ।
कोलम्बिया ६ लाख २४ हजार ६९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ६९ हजार ५५७ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ५२ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख २१ हजार ३७३ कोरोना भाइरस मुक्त भएका छन् भने ६५ हजार २४१ जनाको मृत्यु भएको छ ।
स्पेनमा ४ लाख ७० हजार ९७३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार १५२ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ४ लाख २८ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ८ हजार ३७६ कोरोना भाइरस मुक्त भएका छन् भने ८ हजार ९१९ जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५