शुक्रबार, वैशाख १४, २०८१
12:22 | १७:०७

बेलायती युवराजको बिवाहका कार चालक भूपू गोर्खा राहत बांड्न व्यस्त

५ लाख रुपैयांको समान वितरण गर्ने योजना

नेपाली लिङ्क अगस्ट ३१, २०२०


लन्डन । दैनिक मजदुरी गरेर परिवार पाल्नुपर्ने वर्गलाई कोरोना महामारी कति पीडादायी छ त्यो कास्की माछापुच्छ्रे गाविस, धम्पुसका मजदुरको भोगाइले प्रष्टयाउंछ । जीवन गुजारा गर्न उकुसमुकुस भइरहेका बेला एक्कासी राहत बाँडिने कुरा उनीहरुलाई शुरुमा विश्वासै लागेन किनकि नेताहरु चुनावको बेलामा गरिवलाई केही खाना बाँड्ने गर्थे तर दुःखमा सधैं गायब । त्यस्तो बिडम्बनाबीच उक्त गाउंका मजदुर यो पटक खुशीसंगै आश्चर्यचकित भए ।

स्व. पानबहादुर गुरुङका सुपुत्र हाल बेलायत केन्ट बस्ने ब्रिटिस भूतपूर्व गोर्खा समाजसेवी नारायण गुरुङले आफ्नो जन्मगाउँमा राहत बांडेर गाउंलेमाझ खुशी छरेका हुन् ।

उनले आफ्नो पिताजीको सम्झनामा अत्यावश्यक दाल चामल, मसला आदि गरि प्रतिव्यक्ति २६ सय रुपैंया बराबरको खाद्यान्न दान गरिरहेका छन् । ५ लाख रुपैयां जतिको समान वितरण गर्ने योजना उनको छ । उनले कसैलाई काखा, कसैलाई पाखा नगरि राहत बांडिरहेको जनाए ।

भूपू गोर्खा नारायण गुरुङ बेलायती युवराज चाल्सको विशेष वैवाहिक समारोहमा कार चालक थिए । उनी धम्पुस परिवार यूकेले धम्पुसमा सडक, स्कुल, स्वास्थ्यचौकी लगायत क्षेत्रमा गरेको सहयोगमा पनि एकसाथ छन् । धम्पुसको पञ्चे बाजाका एकल प्रायोजक गुरुङ आपतकालिन अवस्थामा रहेका बिरामीलाई सहयोग जुटाउन पनि सधैं सक्रिय रहने समाजसेवी भनेर चिनिन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू