बेलायतका नेपाली इन्जिनियरले चुने नयाँ कार्यसमिति


लण्डन । बेलायतमा रहेका नेपाली इन्जिनियरहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युके’ को चौथो कार्यसमिति गठन भएको छ ।
संस्थाले पहिलोपटक निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरेको हो जसमा कुल २४१ जनाले आफ्नो मताधिकार प्रयोग गरे । बिधुतीय निर्वाचन प्रणालीमार्फत १५८ मत सहित संयुक्त श्रेष्ठ अध्यक्ष निर्वाचित भएका छन् ।उनका प्रतिद्वन्द्वी सुबोध तिमिल्सिनाले केहि मतले पछि परे ।
त्यसैगरि उपाध्यक्षमा नारद भण्डारी (निर्विरोध), महासचिवमा डा. बिदुर घिमिरे (१०५ मत), सचिवमा डा. रोशन भट्टराई (१८१ मत) र कोषाध्यक्षमा श्रीमती रश्मी सिंह राणा (निर्विरोध) निर्वाचित भएका छन् ।
त्यसैगरि चार जना सदस्यमा हरि नेपाल, सुश्री मेघा पौडेल, सुश्री प्रियंका रेग्मी र विशाल राना निर्वाचित भए । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ।
जुम प्रविधि प्रयोग गरि भएको उक्त अधिवेशनमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरि परिमार्जित विधान समेत पारित भएको छ।
संस्थाका निवर्तमान अध्यक्ष शैलेन्द्र काजी श्रेष्ठको अध्यक्षता र निवर्तमान महासचिव उमेश पराजुलीको सह-संचालनमा बिहान १० बजे देखि सुरु भएको बैठक निर्वाचन परिणाम घोषणा गरेर दिउँसो ३.३० मा सम्पन्न भएको थियो।
संस्थामा बेलायतमा छरिएर रहेका २४२ नेपाली इन्जिनियर सदस्य छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५