बुधबार, वैशाख १२, २०८१
23:34 | ०४:१९

राजदूतको शब्द, ढकालको गायनमा बेलायतमा बन्दै म्यूजिक भिडियो

नेपाली लिङ्क अगस्ट ३०, २०२०


लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) को शब्द र चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘अधर’ को म्यूजिक भिडियो बन्ने भएको छ । यूकेमा निर्माणाधिन भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीले अभिनय गर्ने छन् । यस गीतमा संगीत शिखर सन्तोषको छ । भिडियोमा ड्रेस डिजाइन अन्जली केसी (आर्च कलेक्सन) र सह-छायांकन आशिष श्रेष्ठको रहने छ ।

गीत संगीत र साहित्य लेखनमा समेत पोख्त राजदूत डा. सुवेदी आफ्नो चार वर्षे कार्यकाल सकेर छिट्टै नेपाल फर्कने तयारीमा छन् । नेपाली समुदायले उनको यो ‘क्रियसन’ लाई एउटा उपहारका रुपमा लिएको छ ।

बेलायती समुदायमा अध्यागमन सल्लाहकारका रुपमा प्रतिष्ठित खरेलको व्यवसायिक उचाई एवं समाजसेवा उदाहरणीय छ । कलाकारिताप्रति सानैदेखिको रुचि पहिलो म्यूजिक भिडियोमार्फत प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छन् खरेल । उनले वरिष्ठ गायक र महामहिम डा. सुवेदीको शब्द रहेको गीतको भिडियोमा अभिनय गर्न पाउनु जीवन कै उपलव्धि एवं अविष्मरणीय रहने बताएका छन् ।

खरेल व्यवसाय, समाजसेवासहित समय मिलेसम्म आगामी दिनमा अभिनयलाई निरन्तरता दिने योजनामा छन् । विष्णुलाई भिडियोमा साथ दिने मोडल रोश्ना कार्कीले बेलायतमै आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । उनी बेलायतमा स्थापित मोडलका रुपमा परिचित छिन् ।

भिडियो छायांकन, सम्पादन एवं निर्देशन पत्रकार कुशल श्रेष्ठको रहने छ । लण्डनका विभिन्न स्थानमा छायांकन गरिने भिडियोमा एक रातको कथा प्रस्तुत गरिने र यो भिडियो हरेक हिसाबले उत्कृष्ट रहने निर्देशक श्रेष्ठले बताए । हालैमात्र ‘जुममा हेरेर…’ बोलको तीज गीतमा भिडियो बनाएर आफ्नो लोकप्रियताको ‘ग्राफ’ थप बढाएका श्रेष्ठको बेलायतमै दर्जनबढि म्यूजिक भिडियो बनाइसकेका छन् । बेलायतमा भिडियो, फोटोग्राफीका लागि उनको उत्कृष्ट कौशल सधैं चर्चामा रहने गर्छ ।

बेलायती नेपाली समुदायमा फाट्टफुट्ट भिडियो निर्माण एवं निर्देशन गर्न रहर गर्ने व्यक्ति भएपनि भिडियो निर्देशन एवं सञ्चारक्षेत्रलाई आयस्रोतकै रुपमा पूर्णकालिन समय खर्चने श्रेष्ठ एक्लो व्यक्ति हुन् । उनले बेलायतको नेपाली समुदायमा मात्र नभएर अन्य थुप्रै समुदायसँग सहकार्य गर्दै फिल्म, म्यूजिक भिडियो, विज्ञापन लगायत अडियो भिडियो सम्बन्धि थुप्रै काम गरेका छन् ।

गुणस्तर र विश्वासिलो कार्यका लागि ‘हाइली डिमाण्डेड’ श्रेष्ठको आधा दर्जन भिडियो रिलिजको क्रममा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू