बिहीबार, चैत १५, २०८०
11:27 | १७:१२

नेपालमा कोरोनाबाट एकैदिन आमाछोराको मृत्यु

नेपाली लिङ्क अगस्ट ३०, २०२०

विराटनगर । नेपालमा कोरोना संक्रमणका कारण एकैचोटी आमाछोराको मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनीहरु आमाछोरा भएको धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिए ।

एक हप्ता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको थियो ।

त्यस्तै स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ भर्ना गरिएका पुरुषमा समेत आइतबार नै कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएका ति पुरुषको पनि आईतबार बिहान मृत्यु भएको हो । दुवै आमाछोराको कोरोना संक्रमणका कारण एकैचोटी मृत्यु भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू