शुक्रबार, वैशाख १४, २०८१
07:11 | ११:५६

भारतमा एकैदिन झण्डै ७६ हजार संक्रमित भेटिए

रासस-एएनआई अगस्ट २७, २०२०

नयाँदिल्ली ।  भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार संक्रमित भेटिएका छन् । 

सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० जना संक्रमित भएका छन् ।  

योसँगै भारतमा कुल संक्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्यांक छ । ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

कुल संक्रमितमध्ये  सात लाख २५ हजार ९९१ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ । 

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ । सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १९५ जना संक्रमित भएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू