बिहीबार, वैशाख १३, २०८१
11:09 | १५:५४

नेपालमा कोरोनाबाट थप ८ सय ५५ संक्रमित, ७ को मृत्यु

नेपाली लिङ्क अगस्ट २५, २०२०

काठमाण्डौ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ३२७ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी आज ३१३ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा १९ हजार ११९ पुगेको उनले बताए ।

मुलुकभर हाल १४ हजार २५० जना आइसोलेशनमा रहेका र त्यसमध्ये होम आइसोलेशनमा पाँच हजार ६६९ एवम् संस्थागत आइसोलेसनमा आठ हजार ५८१ जना रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै मुलुकभरका क्वारेन्टिनहरुमा हाल १० हजार ४५३ जना रहेका छन् ।

थप ७ जनाको मृत्यु

बितेको २४ घन्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौंका ३ तथा सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक गरी ७ जना छन् । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू