शनिबार, वैशाख ८, २०८१
05:05 | ०९:५०

सहारा यूके अध्यक्ष गुरुङलाई पितृशोक

नेपाली लिङ्क अगस्ट २१, २०२०

तस्बिर- मिलन तमु

लन्डन । सहारा यूके अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजिमान गुरुङको बेलायतको फार्नबरोस्थित निवासमा ८० वर्षको उमेरमा आज विहान निधन भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घर भई हाल बेलायत बस्दै आएका गुरुङलाई लामो समयदेखि स्वास्थ्यमा समस्या थियो ।

पोखरा वगर सिमपानी समेत घर भएका रिटायर्ड ब्रिटिश आर्मी गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

गुरुङको निधनबारे जानकारी दिंदै सहारा यूकेका महासचिव धनु थकालीले संस्थाको तर्फबाट गहिरो दुःख व्यक्त गरेका छन्  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू