शुक्रबार, चैत १६, २०८०
10:58 | १६:४३

लण्डनका व्यवसायी रवीजंग लामिछानेले सरकारको कोरोना राहत कोषमा दिए १५ लाख

'नेपाली भएको नाताले देशमा आइपर्ने जस्तोसुकै कठिन अवस्थामा पनि सहयोग गर्छु'

नेपाली लिङ्क अगस्ट १८, २०२०

लण्डन । लण्डनका सफल व्यवसायी रवीजंग लामिछानेले सरकारको कोरोना राहत कोषमा १५ लाख सहयोग गरेका छन् ।

लामिछानेले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोषमा १५ लाख १७ हजार ७२७ रुपैयाँ सहयोग गरेका हुन्।  

उक्त सहयोग रकमको चेक सोमबार रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उनका दाजु महेन्द्रजंग लामिछाने, प्राध्यापक डा. खड्ग केसी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष महन्त श्रेष्ठलगायतले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरे।  

व्यवसायी रवीजंग लामिछाने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका साथ

कार्यक्रममा लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्र समेत हस्तान्तरण गरिएको थियो जसमा उनले विपदको समयमा आफूले निरन्तर सहयोग गर्दै आएको र एउटा नेपाली भएको नाताले देशमा आइपर्ने जस्तोसुकै कठिन अवस्थामा पनि सहयोग गर्ने उल्लेख छ। लामिछानेले ०७२ सालको भूकम्पको बेला पनि ५१ लाख रुपैयाँ सहयोग गरेका थिए। 

सहयोग रकम बुझ्दै उपप्रधानमन्त्री पोखरेलले लामिछानेले विभिन्न समयमा सहयोगी हात बढाएको स्मरण गर्दै धन्यवाद  दिएका थिए । उनले कोरोनाका नाममा कुनै पनि अनियमितता नभएको बताउँदै उनले सबै खर्च पारदर्शी भएको पनि बताएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू