शुक्रबार, वैशाख १४, २०८१
18:50 | २३:३५

नेप्लिज पिपुल युकेको सहयोगमा कास्कीका ४४ मगर कलाकारलाई राहत

१ लाख २५ हजार रुपैया हस्तान्तरण

नेपाली लिङ्क अगस्ट १६, २०२०

लण्डन । नेप्लिज पिपुल युकेको विशेष पहलमा नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारलाई आइतवार पोखरामा राहत वितरण गरेको छ ।  

पोखरा महानगरपालिका-१० पोखरा रंगशाला अगाडि रहेको नेपाल मगर संघ कास्कीको भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य, पिएन क्याम्पसका पूर्व प्राध्यापक नवराज गुरुङले कोरोना र बाढी पहिरो प्रभावित कलाकारहरुलाई राहत स्वरुप खाद्यान्न र नगद वितरण गरेका हुन् । 

नेप्लिज पिपुल युकेका तर्फबाट गोर्खा मिडिया प्रवन्ध निर्देशक/एभरेष्ट टाइम्स युकेका बरिष्ठ फोटोग्राफर मिलन तमुको संयोजन र कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पूर्व अध्यक्ष जेवरीलाल गुरुङ, समाजसेवी कुलराज गुरुङको पहलमा संकलित रकम १ लाख २५ हजार रुपैयां प्रमुख अतिथि गुरुङले मगर साँस्कृतिक संघ कास्कीकी अध्यक्ष सरीता सारुमगरलाई हस्तान्तरण गरे । 

कार्यक्रममा प्रमुख अतिथिले कोरोना र बाढीबाट प्रभावित मगर कलाकारहरुलाई देश विदेशका सहयोगी, नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की र सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरे । 

कोरोना कहरमा सरकारले गर्नुपर्ने सहयोगको सट्टा युकेबाट वरिष्ठ फोटोग्राफर मिलन तमु, जेवरीलाल गुरुङ, कुल गुरुङ लगायतको पहल र हङकङबाट पुन मगर संघका अध्यक्ष हेम पुन लगायतको सहयोगले राष्ट्रको गहना कलाकारलाई ठुलो राहत मिलेको पनि उनले बताए ।

कोरोना कहरले दोहोरी साँझ बन्द हुँदा कला-संस्कृति, संगीत क्षेत्रमा ठुलो असर पुगेको छ भने कलाकारहरुलाई धेरै समस्या छ ।


कार्यक्रममा नेपाली काँग्रेस पर्वतबाट महासमिति सदस्य मोहन गुरुङले कोरोनाको कहर र बाढी पहिरोबाट प्रभावित मगर कलाकारलाई सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरे । 

राहत वितरणका लागि नेप्लिज पिपुल युकेको तर्फबाट पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष नेत्र आले, युके निवासी समाजसेवी कुलराज गुरुङ, गोर्खा मिडिया प्रवन्ध निर्देशक, एभरेष्ट टाइम्स युकेका बरिष्ठ फोटोग्राफर मिलन तमु, कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पूर्व अध्यक्ष जेवरीलाल गुरुङ, सहारा युकेका अमृत गुरुङ, दुर्लुङ समाज युकेका कोषाध्यक्ष बिकास रक गुरुङ, सहारा युकेका अध्यक्ष कुमार गुरुङ, मगर एशोसियसन युकेका पूर्व अध्यक्ष नेम थापामगर, तमुधिं युके पूर्व अध्यक्ष ज्ञाम गुरुङ, युके निवासी लेख राना, शिला थापा, दिप ज्वेलर्स युकेका प्रवन्ध निर्देशक प्रेम विक, राम्चे समाज युकेका उपाध्यक्ष राम गुरुङ, दुर्लुङ समाज युकेका उपाध्यक्ष हर्क गुरुङ, एनआरएन युकेका पूर्व उपाध्यक्ष शेर सुनार, एनआरएन युकेका पूर्व अध्यक्ष योगकुमार फगामी, गोर्खा किचन युकेका प्रवन्ध निर्देशक भिम गुरुङ, गोर्खा ट्राभल युकेका प्रवन्ध निर्देशक दिलराज गुरुङ, नमस्ते एक्सप्रेस युकेका प्रवन्ध निर्देशक मदन राना, मगर एशोसियसन युकेका संरक्षक घन थापा, तमुधिं युकेका उपाध्यक्ष जुमकाजी गुरुङ, तनहुं समाज युकेका अध्यक्ष लेख गुरुङ, सनलिट हेयर एण्ड व्युटी सलुन युके र युके निवासी मथुरा देवी गुरुङ (दुर्लुङ) ले रकम सहयोग गरेको संयोजक मिलन तमुले जानकारी दिए । 

हङकङबाट हेम पुनले ३० हजार रुपैया, देवेन्द्र राना (कतार) ५ हजार ५५५ रुपैया, सरीता सारुमगर (अध्यक्ष, नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्की) ५ हजार रुपैयां, व्यवसायी दानबहादुर श्रीसले २ हजार ५ सय रुपैयां उपलब्ध गराएको संघका सचिव सुरेश रानामगरले जानकारी दिए । 

पोखरामा कोरोना संक्रमण बृद्धि भइरहेको अवस्थामा भौतिक दुरी कायम गरि आयोजित सो कार्यक्रम नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीकी अध्यक्ष सरिता सारु मगरको अध्यक्षता र सचिव सुरेश रानामगरको संचालनमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङलाई फेटा र मायाको चिनोबाट सम्मान गरिएको थियो । तस्बिर- हुम गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू