बिहीबार, चैत १५, २०८०
13:55 | १९:४०

यस वर्षको नेपाली मेला स्थगन

आगामी वर्ष भव्य रुपमा गरिने

नेपाली लिङ्क अगस्ट १३, २०२०

गत वर्षको नेपाली मेलाको झलक । तस्बिर- मिलन तमु

लन्डन । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने नेपाली मेला यस वर्ष स्थगन भएको औपचारिक जानकारी दिएको छ । तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै कोभिड १९ बाट सृजित परिस्थितिका कारण यही अगष्ट ३०, २०२० मा केम्प्टन पार्क, स्टेन्स रोड, सन्बरी अन थेम्समा निर्धारित नेपाली मेला नगरिने जानकारी दिएका हुन् ।

तमुधिं यूकेले नेपाली मेलाप्रति देखाएको चासो र मायाका लागि विशेष आभार व्यक्त गर्दै आगामी वर्ष २०२१ मा पुनः भव्य रुपमा मेला गरिने जनाएको छ ।

लन्डनमा बिगत ११ वर्षदेखि वर्षेनी नेपाली मेला हुंदै आएको छ । लन्डनस्थित नेपाली दूतावासले पनि नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा झल्काउने र धर्म, परम्परा जीवन्त राख्ने उक्त मेलालाई विशेष चासो दिने गरेको छ । मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्रीका स्टल पनि राख्ने गरिन्छ । सो अवसरमा नेपाली मौलिक कला संस्कृति झल्कने नृत्य प्रतिष्पर्धा, विभिन्न जातजातीको झांकी र युवाहरुले आफ्नै ढंगले गीत संगीत प्रस्तुत गर्ने गर्छन् ।

तमुधिं यूके अध्यक्ष गुरुङले कोरोना भाइरसका कारण जीवन गुमाएका तमुधिं यूके लण्डन शाखाका उपसभापति चेत गुरुङ, सल्लाहकार नारायण कोन्मे गुरुङ, आजीवन सदस्य लक्षिन गुरुङ एवं विभिन्न संघसंस्थामा आवद्ध सदस्य तथा नेपालीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू