शुक्रबार, वैशाख ७, २०८१
17:53 | २२:३८

ग्रीनवीच भलिबल परिवारबाट बाढीपहिरो पीडितलाई सहयोग

नेपाली लिङ्क अगस्ट १३, २०२०

लन्डन । साउथ ईष्ट लन्डनस्थित ग्रीनवीच भलिबल परिवारले नेपालका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।  

हालै बाढीपहिरोबाट प्रभावित विभिन्न ३ जिल्लामा झन्डै १ लाख रुपैयां सहयोग पठाइएको सो समूहका सचिव कृष्ण खरेलले जानकारी दिए ।  

ग्रीनवीच भलिबल परिवारका तर्फबाट म्याग्दीमा २ सय १० पाउन्ड, तनहुँमा २ सय १० र गुल्मीमा २ सय १० सहयोग प्रदान गरिएको हो । समूहले आफ्नै सदस्यहरुबीच रकम संकलन गरेर नेपालमा सहयोग पठाएको हो ।  

साउथ ईष्ट लन्डनका नेपाली युवाहरुको भलिबल क्लबका रुपमा केही वर्षदेखि सक्रिय रहंदै आएको छ ग्रीनवीच भलिबल परिवार । समूहका अध्यक्ष रविन्द्र रोका हुन् ।  

समूहमा आबद्ध युवाहरु प्रतियोगात्मक तथा मैत्री रुपमा नियमित भलिबल खेल्ने गरेका छन् । समूहले विभिन्न अवसरमा बेलायतका नेपाली खेलाडीहरुबीचको भलिबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।  

तर, समूहकै संयोजनमा सामाजिक कार्यमा सहयोग गरिएको भने यो पहिलोपटक हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू