बिहीबार, वैशाख १३, २०८१
14:39 | १९:२४

लन्डनमा पनि मनाइयो श्रीकृष्ण जन्माष्टमी

नेपाली लिङ्क अगस्ट १२, २०२०

लन्डन । श्रीकृष्णजन्माष्टमी पर्व मंगलबार लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा विशेष कार्यक्रमसहित मनाइएको छ ।

त्यसअवसरमा श्रीकृष्ण जन्माष्टमी पूजा आराधना, आरती र श्रीकृष्णजन्माष्टमी विशेष प्रवचन गरिएको थियो ।

पूजा तथा प्रवचन कार्यक्रम मन्दिरका मूलगुरु ज्योतिष पन्डित निलहरि घिमिरेले संचालन गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठी र हिराप्रसाद ओझाले श्रीकृष्ण जन्माष्टमी संकल्प पूजा गरेका थिए ।
सामूहिक पूजामा कर्ताको भूमिका मन्दिर ट्रष्टी बोर्डका सदस्य फडिन्द्र भट्टराई दम्पतिले निभाएका थिए ।

त्यसअवसरमा मन्दिर समितिका पूर्व अध्यक्ष बालजंग अर्याल, ट्रष्टी बोर्ड संयोजक कर्ण बहादुर शाही, ट्रष्टी सदस्य महेन्द्र कंडेल र ट्रष्टी सदस्य विनोद ज्ञवाली लगायतको सहभागिता थियो ।

कृष्णजन्माष्टमी विशेष कार्यक्रमको तयारी र व्यवस्थापनमा मन्दिर समितिका सदस्यहरु भोजराज कंडेल, कृष्णप्रसाद खरेल, ललिता अर्याल, राधा सापकोटा, सुदेशा सिग्देल, हिराप्रसाद ओझा, नारायणप्रसाद खरेल, सुनिता प्रधान, कल्याणी श्रेष्ठ र राधा खरेलले सहयोग गरेका थिए ।

मन्दिर समिति अध्यक्ष नरेन्द्र कंडेल लन्डनबाहिर रहेका कारण सम्पूर्ण जिम्मेवारी सचिव कल्पना त्रिपाठीले सम्हालेकी थिइन् ।

श्रीकृष्णजन्माष्टमी कार्यक्रममा सहभागी भक्तजन, कार्यक्रम व्यवस्थापनमा खटिने कार्यसमितिका पदाधिकारीहरु, ट्रष्टी बोर्डका सदस्यहरु लगायत सबैमा मन्दिर व्यवस्थापन समितिको तर्फबाट सचिव त्रिपाठीले धन्यवाद ज्ञापन गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू