शुक्रबार, चैत १६, २०८०
05:04 | १०:४९

महामारीपछि बेलायतमा ७ लाख बढीले गुमाए रोजगारी

बेरोजगारी भत्ता लिनेको संख्या दोब्बर

नेपाली लिङ्क अगस्ट ११, २०२०

 

लन्डन । कोरोना महामारी शुरु  भएयता बेलायतमा ७ लाख बढीले रोजगारी गुमाएका छन् ।  

कोरोना संक्रमण नियन्त्रणको प्रयासमा लकडाउन लागू भएपछिको अवधिमा कूल ७ लाख ३० हजार जनाले रोजगारी गुमाएको तथ्यांकले  देखाएको छ ।

अफिस फर नेशनल स्टाटिस्टिक्स् (ओएनएस) द्वारा सार्वजनिक तथ्यांकअनुसार पछिल्लो एक महिनामा मात्रै रोजगारीमा रहने मानिसको संख्या ८१ हजारले घटेको छ ।

लकडाउनका बेला व्यवसायहरु टिकाइराख्न तथा बेरोजगारी बढ्न नदिन भन्दै बेलायत सरकारले विभिन्न राहत तथा सहायता प्याकेज उपलब्ध गराएको भएपनि बेरोजगारी भने बढिरहेको छ ।  

ओेएनएसको तथ्यांकले रोजगारीमा नरहेर वा आम्दानी घटेर सरकारी भत्ताको लागि आवेदन गर्नेको संख्या समेत उल्लेख्य रुपमा बढेको देखाएको छ । जुन संख्या गत मार्चदेखि जुलाईसम्मको अवधिमा १ सय १७ प्रतिशतले बढेर २७ लाख पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू