बिहीबार, वैशाख १३, २०८१
02:36 | ०७:२१

बेलायतसहित १२ देशका लागि राजदूत नियुक्तिको गृहकार्य शुरु

रिक्त र केही महिनामा खाली हुन थालेका मुलुकका लागि एकैपटक नियुक्तिको गृहकार्य

नेपाली लिङ्क अगस्ट ११, २०२०

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी

लण्डन । नेपाल सरकारले बेलायतसहित १२ देशका लागि राजदूत नियुक्तिको गृहकार्य शुरु गरेको छ । 

अमेरिका, बेलायत, रुस, जर्मनी, बेल्जियम, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, दक्षिण कोरिया, ब्राजिल, इजिप्ट र अस्ट्रियामा राजदूत नियुक्तिको गृहकार्य भएको हो ।  

राजदूतावास रहेका ३३ मध्ये दुई वर्षदेखि तीन मुलुकमा राजदूत रिक्त छन् भने दुई महिनापछि आठ मुलुकका लागि नेपाली राजदूत कार्यकाल सकेर फर्किंदै छन् । 

सरकारले रिक्त र केही महिनामा खाली हुन थालेका मुलुकका लागि एकैपटक राजदूत नियुक्तिको गृहकार्य भएको परराष्ट्रसचिव शंकरदास बैरागीको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकाले जनाएको छ ।  

सरकारले दुई वर्षअघि तयार गरेको राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने उल्लेख छ ।

अमेरिकाका लागि राजदूत डा. अर्जुन कार्कीको कार्यावधि अर्को निर्णय नभएसम्मका लागि थपिएको छ । 

नेपालले हालसम्म एक सय ६८ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । ३३ देशमा नेपाली राजदूतावास, पाँच स्थानमा महावाणिज्य दूतावास र एक स्थानमा वाणिज्य दूतावास छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू