बिहीबार, वैशाख १३, २०८१
07:41 | १२:२६

साउथ लन्डन नेप्लिज कम्युनिटीबाट एनएचएसलाई आर्थिक सहयोग

१ हजार १ सय ५४ पाउन्ड सहयोग

नेपाली लिङ्क अगस्ट ८, २०२०

लन्डन । साउथ लन्डन क्षेत्रमा बस्ने नेपालीहरुको संस्था ‘साउथ लन्डन नेप्लिज कम्युनिटी’ ले बेलायतको नेश्नल हेल्थ सर्भिस (एनएचएस) लाई आर्थिक सहयोग प्रदान गरेको छ ।  

कम्युनिटीले शुक्रबार १ हजार १ सय ५४ पाउन्ड सहयोग स्थानीय अस्पतालमार्फत प्रदान गरेको हो ।

कम्युनिटीका अध्यक्ष शेर पुनको नेतृत्वमा संस्थाका प्रतिनिधिहरु सटनस्थित ‘इप्सम एन्ड हेलिएर युनिभर्सिटी हस्पिटल’ पुगेर सहयोग चेक हस्तान्तरण गरे । जसका लागि हस्पिटलमै कार्यरत सेलेस्टिना लेप्चा घिमिरे र अन्जु गुरुङले संयोजनकारी भूमिका निभाएका थिए । 

सहयोग हस्तान्तरणका क्रममा कम्युनिटीका सल्लाहकारहरु लेफ्टिनेन्ट चन्द्र गुरुङ र नारायणप्रसाद गुरुङ, उपाध्यक्ष मीना गुरुङ लगायत उपस्थित थिए ।  

कोभिड १९ महामारीका बेला जनताको स्वास्थ्य र जीवन रक्षाको लागि एनएचएसले खेलेको भूमिकाको कदर गर्दै  सहयोग गरिएको कम्युनिटीका अध्यक्ष पुनले बताए ।  

‘यो अफ्टेरो अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने र उनीहरुको योगदानको लागि धन्यवाद भन्ने हाम्रो कोशिस हो’, उनले भने ।  

कम्युनिटीले अल्सरसटमा निर्माणाधिन प्रथम भीसी कुलवीर थापाको शालिकको लागि पनि हालै १ हजार १० पाउन्ड सहयोग गरेको थियो । त्यस्तै, केही महिनाअघि भीसी थापाकै कथामा निर्मित चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ को लागि समेत कम्युनिटीले आर्थिक सहयोग प्रदान गरेको थियो ।  

सन् २००७ मा स्थापित कम्युनिटीमा साउथ लन्डनका मर्टन, सटन, किङ्स्टन र क्रोइडन बरोमा बस्ने नेपालीहरु आबद्ध छन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू