शुक्रबार, वैशाख ७, २०८१
22:10 | ०२:५५

स्कटल्यान्डको एबर्डिनमा लकडाउन, नेपालीहरु सुरक्षित

प्रकाश अर्याल अगस्ट ७, २०२०

स्कटल्याण्ड । स्कटल्याण्डको एबर्डिन सहरमा पबमा गएका युवाहरुबाट कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको छ ।

एबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय  नेपाली समुदाय अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छ ।  

एबर्डिनमा क्रियाशील नेपाली संस्था ‘अर्गनाइजेसन फोर नेप्लिज कल्चर एण्ड वेलफेयर’ का ट्रष्टी दिपेश रेग्मी अहिले एबर्डिनमा नेपाली समुदायमा संक्रमण नदेखिएको बताउँछन्    

यसअघिको लकडाउनमा केहि नेपालीहरुलाई कोरोना संक्रमण भए पनि अहिले सबैजना संक्रमणरहित भएको रेग्मीले बताए ।   

स्थानीय पबहरुबाट फैलिएको संक्रमणका कारण १०१ जनालाई कोरोना देखिएको र  कोरोना संक्रमितहरुसंग सम्पर्कमा आएका ३१३ जना को ट्रयाक भएको एनएचएस ग्रामपियनले जनाएको छ ।  

संक्रमित हुनेहरुमा अधिकांश युवा छन् । यस्तै स्कटिस प्रिमियर खेल्ने  क्लब आबर्डिन फुटबल क्लबका पब गएका ८ खेलाडीमध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य ६ खेलाडी आइसोलेशनमा छन् । 

८ मुख्य खेलाडीहरुमा संक्रमणको प्रभाव  देखिएका कारण एबर्डिन फुटबल क्लबले स्कटिस प्रिमियरसिपमा खेल्ने खेलहरु स्थगित भएका छन् ।  

एबर्डिनस्थित एनआरएनए स्कटल्याण्ड सदस्य बिदुर खत्रीले  एबर्डिनको नेपाली समुदाय सचेत रहेकोले पहिले पनि कोरोना संक्रमणको असर कम देखिएको र फेरि लकडाउन भएका कारण बढी सतर्कता अपनाउनुपर्ने बताउँछन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू