शनिबार, वैशाख ८, २०८१
12:20 | १७:०५

बेलायतमा १० मध्ये ८ जनामा कोरोना लक्षण देखिएन

करिब १ लाख ६० हजारमा अध्ययन

नेपाली लिङ्क अगस्ट ६, २०२०

लन्डन । बेलायतमा कोरोना परीक्षण पोजिटिभ देखिएका दशमध्ये ८ जनामा कुनै पनि लक्षण नदेखिएको बेलायत सरकारको पछिल्लो अध्ययनले देखाएको छ ।

बेलायतका करिब १ लाख ६० हजारलाई कोरोना संक्रमणको ‘एन्टीजेन्स’ जांच गर्ने उद्देश्यले नाक तथा घाँटीको स्वाबको स्वेच्छिक परीक्षण गर्न घरमा सामग्री पठाएको थियो ।

जसमध्ये १ लाख ५९ हजार एकसय ९९ जनाको परीक्षण गर्दा १ सय २३ जनाको नमूना परीक्षणमा कोरोना पोजिटिभ भेटिएको थियो । जुन ०.०७७ प्रतिशत हुन आउँछ ।

इम्पेरियल कलेज लन्डन तथा यसको सिष्टर अर्गनाइजेशन एनएचएस ट्रष्ट तथा इप्सोस मोरीद्वारा गत जुन १९ देखि जुलाई ८ सम्म गरिएको एक अनुसन्धानले लन्डनमा संक्रमण दर तीव्र गतिले बढेको देखाएको छ ।

गत मेको तुलनामा यो दर ०. १३ प्रतिशतले कम देखिएको छ, जबकि त्यसबेला १ लाख २० हजार ६ सय २० जनामा गरिएको परिक्षणमा १ सय ५९ मा कोरोना संक्रमण देखिएको थियो ।

तर, पछिल्लो समयमा गरिएको परीक्षण अनुसार ८१ प्रतिशतमा लगातार खोकी, उच्च ज्वरो, स्वाद वा गन्धमा परिवर्तन जस्ता कुनै पनि लक्षण परीक्षण गर्दाको समय र एक हप्ता अघिसम्म पनि नदेखिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू