शुक्रबार, चैत १६, २०८०
20:08 | ०१:५३

लन्डनको पशुपतिनाथ मन्दिरमा ८ सय बढीले गरे रक्षाबन्धन

सामूहिक रक्षाबन्धनमा लाग्यो घुइँचो

नेपाली लिङ्क अगस्ट ३, २०२०

लन्डन । जनै पूर्णिमाको अवसरमा लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा सामूहिक रक्षावन्धन गरिएको छ । साउथ ईष्ट लण्डन बस्ने नेपालीहरुले मन्दिरमा भेला भएर रक्षावन्धन गरेका हुन् । 

मन्दिरमा बिहान ६ बजेदेखि नै रुद्राभिषेकका साथै सप्तॠषि पूजा, तन्तु पूजा र मन्त्रोच्चारणसहित जनैमन्त्रण गरिएको थियो । बिहान ८ देखि दिउंसो २ बजेसम्म उपस्थित भक्तालुहरुले रक्षाबन्धन गरेका थिए । पन्डितहरु ज्योतिष निलहरि घिमिरे र विनोद पन्थीले पूजा तथा रक्षाबन्धन संचालन गराएका थिए भने हरि ओझा कर्ता बसेका थिए ।  

मन्दिरका एक ट्रस्टी एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले  दिउंसोसम्म ८ सय बढी स्थानीय नेपाली मन्दिरमा आएर रक्षाबन्धन गरेको जानकारी दिए ।  

मन्दिरका ट्रष्टीहरु, कार्यसमितिका पदाधिकारी एवम् स्थानीय महिलाहरुले स्वयमसेवी रुपमा मन्दिरमा आउने भक्तालुहरुको व्यवस्थापनमा सघाएका थिए ।  

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले रक्षाबन्धन कार्यक्रममा सहभागीसहित पन्डितहरु र सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

हेरौं थप तस्विरहरु-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू