शनिबार, वैशाख ८, २०८१
19:39 | ००:२४

बेलायत र युरोपमा फंसेका नेपाली स्वदेश फर्किए

नेपाली लिङ्क अगस्ट १, २०२०

लन्डन । लकडाउनका कारण रोकिएका करिब दुई सय नेपाली शनिबार दिउसो स्वदेश फर्किएका छन् । बेलायत र युरोपमा फंसेका नेपालीहरु दिउँसो दुईबजे लन्डनस्थित हिथ्रो विमानस्थल टर्मिनल ५ बाट नेपाल प्रस्थान गरेका हुन् । कतार एअरवेजको क्यूआर ००४ नम्बरको फ्लाइटबाट उडेका नेपालीहरु दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिटका लागि अवतरण
गर्नेछन् ।

दोहाबाट भोलि आइतबार स्थानीय समय बिहान ६.३५ मा उडेर कतार एअरवेज क्यूआर ३१६० नम्बरको जहाज नेपाली समय अनुसार दिउसो १ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गर्नेछ ।

उद्दार कार्यको संयोजन गरिरहेका लन्डनस्थित ट्राभल कन्सोलका निर्देशक बिराज भट्टले आज नेपाल फर्कनेमध्ये केम्यान आइल्याण्डमा पानीजहाज र होटलमा कार्यरत डेढ दर्जन नेपाली र लकडाउनका कारण माल्टामा अलपत्र परेका केही नेपालीहरु समेत रहेको जानकारी दिए । नेपाल फर्किनेहरुमा भिजिट भिसामा घुम्न आउनेको संख्या अधिक छ ।

लकडाउनका कारण युरोप लगायत बेलायतमा अलपत्र नेपालीहरुको उद्धार कार्यमा ट्राभल कन्सोलले संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । यस अलवा लन्डनस्थित नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ बेलायत लगायतले पनि संयोजनकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपाल सरकारले तय गरेअनुसार अर्को हप्ता पनि नेपालका लागि उडानको तयारी भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू