शुक्रबार, चैत १६, २०८०
07:49 | १३:३४

ताइवानका पूर्वराष्ट्रपति ली तेङ हुईको निधन

रासस–एएफपी जुलाइ ३१, २०२०

ताइपेई, १६ साउन– ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उहाँको महत्वपूर्ण भूमिका थियो ।

गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँ लामो समयदेखि अशक्त रहनु भएको पारिवारिक स्रोतले जनाएको छ ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरुलाई जानकारी दिनुभयो ।

पूर्व राष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू