शुक्रबार, वैशाख १४, २०८१
01:22 | ०६:०७

गेसो सरकारविरुद्ध सशक्त बन्दै, ११ सदस्यीय संघर्ष समिति गठन

समितिमा बेलायती, भारतीय सेना र सिंगापुर पुलिसको सहभागिता

नेपाली लिङ्क जुलाइ ३१, २०२०

 

लन्डन । ज्येष्ठ नागरिक (सिनियर सिटिजन) लाई सम्मानस्वरूप दिंइदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने नेपाल सरकारको निर्णय विरुद्ध गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) थप सशक्त बन्दै गएको छ ।

नेपाल सरकारविरुद्ध कानूनी उपचार खोज्दै अदालतमा रिट दायर गरिसकेको गेसोले ११ सदस्यीय ‘गोरखा भूतपूर्व सैनिक संघर्ष समिति’ गठन गरेको छ ।

एक भेलाबीच गेसो सभापति कृष्णकुमार राईको संयोजकत्वमा गठित उक्त समितिमा बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको संयुक्त सहभागिता छ ।

समितिको सह-संयोजकमा भारतीय सेनाका भेषशंकर पुरी र सिंगापुर पुलिसका नौराज राई रहेका छन् । त्यस्तै नवगठित समितिको सचिवमा बेलायती सेनाका जीतबहादुर राई र कोषाध्यक्षमा भारतीय सेनाका क्या. जीवनकुमार श्रेष्ठको नाम उल्लेख छ ।

सदस्यहरुमा बालकृष्ण घर्तीमगर (भारतीय सेना), कुमारमान श्रेष्ठ (भारतीय सेना), मणिकिरात वान्तवा (बेलायती सेना), सहरमान तामाङ (बेलायती सेना) छन् । रिक्त दुई सदस्य छिट्टै पूर्णता दिइने गेसोद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ 

सामाजिक सुरक्षा भत्ता कटौती गरि विदेशी सेनामाथि विभेद गरेको भन्दै बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको तर्फबाट साउन ५ गते संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

गेसोको उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरि १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू