बिहीबार, वैशाख १३, २०८१
08:14 | १२:५९

बेलायतमा सेल्फ आइसोलेसन अवधि ७ दिनबाट बढेर १० दिन

नेपाली लिङ्क जुलाइ ३०, २०२०

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका लक्षण देखिनेहरुले बस्नुपर्ने ‘सेल्फ आइसोलेसन’ अवधि लम्ब्याइएको  छ ।  

अहिलेसम्म सात दिन रहंदै आएको उक्त अवधि बढाएर १० दिन पुर्याउने निर्णय बेलायत सरकारले गरेको छ ।  

बिस्तारै ओरालो लाग्दै गरेको संक्रमण फेरि  फैलिन नपाओस् भनेर सेल्फ आइसोलेसनलाई थप लम्ब्याउने निर्णय गरिएको  बताइएको छ ।  

बेलायत सरकारका चार जना चीफ मेडिकल अफिसरहरुले संयुक्त रुपमा नयाँ नियम सार्वजनिक गरेका छन् ।  

विज्ञहरुका अनुसार कुनै पनि संक्रमित व्यक्तिमा लक्षणहरु देखिनुपूर्व र संक्रमित भएको शुरुका केही दिनहरुमा अरुलाई सार्ने जोखिम उच्च रहन्छ । तर, कतिपय केसहरुमा संक्रमण भएको ९ दिनसम्म पनि संक्रमण सार्न सक्ने खतरा पाइएको छ ।  

यसअघि बेलायतले तोकेको सात दिनको सेल्फ आइसोलेसन पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको थियो । विश्व स्वास्थ्य संगठनबाट १० दिनको निर्देशिका जारी हुँदा समेत बेलायतमा सात दिन नै राखिएको थियो ।  

विश्वका धेरै देशले भने  सेल्फ आइसोलेसनको अवधि यसअघि नै १० दिन बनाइसकेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू