शनिबार, वैशाख १५, २०८१
04:17 | ०९:०२

बेलायतद्वारा थप ६ करोड ‘कोभिड भ्याक्सिन’ का लागि सम्झौता

बेलायत सरकारले अग्रिम गरेको यो चौथो सम्झौता

नेपाली लिङ्क जुलाइ २९, २०२०

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि बेलायत सरकारले कोरोना भाइरस विरुद्धको थप ६० मिलियन (६ करोड ) भ्याक्सिन किन्न अर्को सम्झौता गरेको छ ।

कोरोना भाइरसको सम्भावित खोपका लागि बेलायत सरकारले अग्रिम रुपमा गरेको यो चौथो सम्झौता हो ।

औषधि उत्पादक ब्रिटिश कम्पनी ‘जीएसके’ र ‘सानोफी पास्चर’ द्वारा उत्पादन गरिने भ्याक्सिनको लागि बेलायत सरकारले अर्को सम्झौता गरेको हो ।

उक्त भ्याक्सिन हाल परीक्षणको रुपमा रहेको तथा भ्याक्सिनप्रति आफूहरु आशावादी रहेको वैज्ञानिकहरुको दावी छ ।

यसघि पनि बेलायतले अक्सफोर्ड युनिभर्सिटीसंग एक सय मिलियन भ्याक्सिनको लागि सम्झौता गरिसकेको छ । यसका अतिरिक्त बेलायत सरकारले थप ९० मिलियन सम्भावित भ्याक्सिन सुरक्षित गरेको छ ।

कोरोना भाइरस विरुद्धको खोपका लागि विश्वभर अर्बौं डलरको लगानी गरिएको छ । तर, खोप सफलताबारे भने अझै टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू