शुक्रबार, कार्तिक ७, २०७७
00:53 | ०५:३८

बेलायतको ‘मिनी बजेट’ बारे नेपाली व्यवसायीसँग एकाउण्टेन्टहरुको अन्तरक्रिया

नेपाली लिङ्क जुलाइ २८, २०२०

लन्डन  बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था ‘नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन यूके’ ले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा व्यापार व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरूसंग जूममार्फत अन्तरक्रिया गरेको छ ।

ब्रिटिश अर्थमन्त्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्नेबारे छलफल केन्द्रित रहेको थियो ।  

कार्यक्रममा चार्टर्ड एकाउण्टेन्टद्वय युवराज न्यौपाने र गौरव बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

छलफलमा जब रिटेन्शन स्किम, फर्लो, बाइ टु लेट प्रपर्टी आदि विषयमा वरिष्ठ एकाउण्टेन्ट्सहरु एलएन पाण्डे, हरिहर उपाध्याय, लेखनाथ घिमिरे, कृष्ण भट्टराई लगायतले दर्शक श्रोताका जिज्ञासाको जवाफ दिएका थिए ।

‘हामीले गत जुन महिनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली व्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन एउटा वेबिनार आयोजना गरेका थियौं।  उक्त वेबिनारबारे हामीलाई प्राप्त सकारात्मक प्रतिक्रिया र व्यवसायीहरुको आग्रह बमोजिम यो कार्यक्रम आयोजना गरेका  हौँ,’ नेप्लिज  एकाउण्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले भने ।

‘कोभिड १९ संक्रमण लगत्तै ब्रिटिश सरकारले यहांका व्यवसायीहरुको हितका लागि थुप्रै योजना सार्वजनिक गर्‍यो ।  तर बेलायतस्थित व्यवसायीहरुले ती कार्यक्रमबाट चाहे जति लाभ लिन सकेको देखिएन । त्यसैले संस्थागतरुपमा हामीले यस्तो पहल गरेका हौँ,’ नेप्लिज  एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले भने ।

कार्यक्रमको संचालन वरिष्ठ एकाउण्टेन्ट शिव सैंजुले गरेका थिए भने वरिष्ठ एकाउण्टेन्ट तथा कर सम्बन्धी सल्लाहकार समिर प्याकुरेलले धन्यवाद ज्ञापन गरेका थिए ।

सो संस्थाले बेलायतमा रहेका नेपाली रेस्टुरेन्ट तथा क्याटरिंग व्यवसायीहरुका लागि एकाउन्ट तथा करसम्बन्धी जानकारी दिन आउँदो सेप्टेम्बर महिनामा अर्को वेबिनार संचालन गर्ने योजना बनाइरहेको पनि जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू