बिहीबार, वैशाख १३, २०८१
22:56 | ०३:४१

स्याङ्जा समाज युकेद्वारा पहिरो पीडितलाई राहत

नेपाली लिङ्क जुलाइ २६, २०२०


लन्डन । स्याङ्जा समाज युकेले नेपालमा पहिरो पीडितलाई राहत प्रदान गर्ने भएको छ । आफूसँग रहेको संचित रकमबाट आपतकालिन रुपमा सात परिवारलाई १ लाख ७५ हजार रकम पठाउने र सहयोगदाताहरुबाट रकम संकलन गर्दै आफ्नो संस्थाको फण्डलाई चलायमान राख्ने निर्णय संस्थाले गरेको हो ।

समाजको साउन ११ गते भएको अनलाइन मिटिङले अन्य केही महत्वपूर्ण निर्णय गरेको छ । कोभिड संकट विरुद्धको लडाईंमा साथ दिन संस्थाले रु १ लाख ५४ हजार पहिला नै नेपाल पठाइसकेको छ । दैवी प्रकोप र अन्य आपत्कालिन अवस्था पर्दा सहयोग गर्ने संस्थाको उद्देश्य रहेको सो संस्थाका मिडिया कोअर्डिनेटर रामराज शर्माले बताए ।

बेलायतभर छरिएर रहेका स्याङ्जालीहरुलाई संस्थामा आवद्ध गराउन युद्धस्तरमा काम गर्ने निर्णय गर्नुका साथै उक्त समाजमा साधारण सदस्य र गोल्ड मेम्बर गरी २ भिन्न किसिमका सदस्य बन्न पाइने प्रावधान राखेको छ ।

यसैगरी उक्त संस्थाले यही बुधवार लन्डनको ह्यारोमा जेष्ठ नागरिकलाई कोभिड इमर्जेन्सी किट वितरण गर्ने कार्यक्रम पनि राखेको छ । संस्थाले यसअघि अल्डरशटमा १०० जना भन्दा बढीलाई त्यस्तो किट वितरण गरिसकेको छ ।

अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा भएको बैठक महासचिव बलराम ढकालले संचालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू