बिहीबार, वैशाख १३, २०८१
11:00 | १५:४५

केन्टकी रितिका आफैंले सिलाएर बांडिन् ३ हजार मास्क

सफल फेसन डिजाइनर बन्ने सपना पछ्याउंदै हङकङबाट लन्डनसम्म

नेपाली लिङ्क जुलाइ २६, २०२०

लन्डन । महामारीका बेला बेलायतमा हजारौं फेस मास्क सिएर स्वयमसेवी रुपमा वितरण गर्ने एक नेपाली फेसन डिजाइनरले सर्वत्र प्रशंसा बटुलेकी छन्  लकडाउनका कारण आफ्नो नियमित व्यवसाय अवरुद्ध हुंदा मिलेको समय उनले स्थानीय समुदायको सहयोगका लागि सदुपयोग गरेकी हुन् । 

केन्टको डोभर बस्दै आएकी रितिका गुरुङले स्थानीय स्वास्थ्यकर्मी र सर्वसाधारणका लागि ३ हजार मास्क सहयोग गरेको केन्ट अनलाइनले उल्लेख गरेको छ ।  

‘मास्कहरुको शर्टेज् भएको थाहा पाउनेबित्तिकै मेरो दिमागमा मास्क सिउने विचार आयो’, ५ वर्षअघि  हङकङबाट बेलायत आएकी रितिकाले भनेकी छन्, ‘भर्खर म बेलायत आउंदै गर्दा यहाँको समुदायबाट न्यानो स्वागत र माया पाएकी थिएँ   आज अफ्टेरो परेको बेला यहि समुदायको सहयोगमा केही गरौं भन्ने मेरो चाहना हो ।’

आफूले तयार गरेका मास्कहरु स्थानीय जीपी सर्जरी र अस्पतालका स्वास्थ्यकर्मीदेखि शिक्षक, ड्राइभर एवम्  विभिन्न च्यारिटी संस्था र अत्यावश्यक सेवामा कार्यरत रहनेहरुलाई प्रदान गरिएको उनले बताइन् ।  

रितिकाको स्वयम्सेवी कार्यको प्रशंसा गर्दै सयौं जनाले उनलाई धन्यवाद सन्देश पठाएका छन् ।  

भूपू गोर्खा सैनिककी छोरी रितिका हङकङमा जन्मिएकी हुन् । सफल फेसन डिजाइनर बन्ने आफ्नो सपना पछ्याउंदै लन्डनसम्म आइपुगेको उनी बताउंछिन्   

डोभरको स्थानीय बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएकी उनी ‘डोभर टुगेदर ग्रुप’ मा सदस्य पनि छन् । डोभरमा वर्षेनी आयोजना हुने  मल्टिकल्चरल फेस्टिभलमा समेत उनका डिजाइनहरु विशेष आकर्षण बन्दै आएका छन्   

तस्विर : केन्ट अनलाइन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू