शुक्रबार, चैत १६, २०८०
11:40 | १७:२५

सुप्रमा इप्रमा पुरस्कारबाट कवि खेरेस पुरस्कृत

'कोलम्बस यात्रा’ कविता संग्रहका लागि प्रदान

नेपाली लिङ्क जुलाइ २५, २०२०

कवि देवेन्द्र खेरेस

लन्डन । अनेसास यूके च्याप्टरमार्फत प्रदान हुंदै आएको यस वर्षको सुप्रमा इप्रमा पुरस्कार कवि देवेन्द्र खेरेसलाई प्रदान गरिएको छ । खेरेसलाई उनको कविता संग्रह ‘कोलम्बस यात्रा’ का लागि पुरस्कार प्रदान गरिएको हो ।

बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरले आफ्ना स्व. पिता सुन्दरप्रसाद मानन्धरको स्मृतिमा सन् २०१२ मा स्थापना गरेको सो पुरस्कारको राशी २५१ पाउण्ड छ ।

२५ जुलाइ आइतबार अनेसास यूके च्याप्टर सभापति लाराको सभापतित्व तथा प्रमुख अतिथी महामहिम राजदूत डा दुबसु क्षेत्री, केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली (नेपाल), नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल ‘माइला’ (जापान), वरिष्ठ उपाध्यक्ष गोबर्धन पूजा (अमेरिका), सदस्य डा. रेणुका सोलु (नेपाल), सल्लाहकार सुमल कुमार गुरुङ तथा बेलायतका साहित्यकारहरुको उपस्थितिमा जुममार्फत मनाइएको भानु तथा ईश्वर जयन्तिको अवसरमा पुरस्कार समितिको तर्फबाट डा रुपक श्रेष्ठले पुरस्कार घोषणा गरेका हुन् ।

अनेसास यूके च्याप्टरले पुरस्कृत कविलाई बधाई तथा पुरस्कार संस्थापक तथा सञ्चालक मानन्धर परिवारप्रति आभार व्यक्त गरेको छ ।

उक्त कार्यक्रम सञ्चालन सचिव सन्तोष कार्कीले गरेका थिए भने उपाध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा सचिन गुरुङ, राधेश्याम लेकाली, गोवर्धन पूजा, सुलभ श्रेष्ठ, लारा, डा. रेणुका सोलु, प्रकाश पौडेल ‘माइला’, राज श्रेष्ठ, सेमन्त राई, भरत लोहरुङ, सुमल गुरुङ, सारा गुरुङ, सन्तोष कार्की, माया गुरुङ, नृपेश उप्रेती, सुनिल संगम, डा रुपक श्रेष्ठ, विजय हितान र मन्जु भण्डारीले कविता, गजल, मुक्तक वाचन गरे ।

सल्लाहकार सुमल कुमार गुरुङले भानुभक्तको बारेमा प्रकाश पारे भने राजदूत डा दुबसु क्षेत्री, केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, प्रकाश पौडेल ‘माइला’ ले शुभकामना मन्तब्य दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू