बिहीबार, चैत १५, २०८०
10:02 | १५:४७

सामाजिक सुरक्षा भत्ता कटौतीविरुद्ध गेसोको भेटघाट तीव्र

नेपाली लिङ्क जुलाइ २४, २०२०

लन्डन । विदेशी सेनाबाट अवकास प्राप्त भूतपूर्व सैनिकहरुले पाउंदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने नेपाल सरकारको निर्णय विरुद्ध अदालत पुगेको गेसोले भेटघाट तीव्र पारेको छ ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले साउन ९ गते शुक्रबार ललितपुरमा भारतीय सेना र सिंगापुर पुलिसका पदाधिकारीबीच छलफल गरेको हो । उक्त छलफल गेसोको मुद्दा र त्यससंग सम्बन्धित विषयमा केन्द्रित भएको थियो ।

छलफलमा भारतीय सेना र सिंगापुर पुलिसका पदाधिकारीले गेसोले सर्वोच्च अदालतमा नेपाल सरकारविरुद्ध दायर गरेको रिटप्रति समर्थन गर्दै यो सबैको साझा मुद्दा भएको बताएका गेसो सभापति कृष्णकुमार राईले जनाए । ‘यस मुद्दामा हाम्रो नैतिक, भौतिक समर्थन र सहकार्य रहनेछ । यसलाई अझ मूर्त रुप दिन चांडै बैठक बसी विशेष निर्णय गरिनुपर्छ भन्नेमा तीनै पक्षबाट सर्वसम्मत निर्णय भयो’, राईले भने ।

अर्को बैठक चांडै बस्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू